चामुन्डा अल नेपाल स्नुकर असार अन्त्यमा

चामुन्डा स्पोर्ट्स क्लबको आयोजनान तथा नेपाल विलियार्ड्स, स्नुकर तथा पुल संघको तत्वाबधानमा चामुन्डा अल नेपाल स्नुकर प्रतियोगिता हुने भएको छ । २२ असार देखि १ साउनसम्म हुने यो प्रतियोगिता नेपालकै अहिलेसम्मकै सार्वधीक धनराशीको हो ।
प्रतियोगितामा नेपालका शिर्ष ५० खेलाडी नै सहभागि हुने जनाइएको छ । प्रतियोगिताको विजेताले दुइ तथा उपविजेताले ७५ हजार रुपैया पुरस्कार पाउने छन् । सेमिफाइनल प्रबेश गर्नेलाई ३० हजार रुपैया प्रदान गरिने छ । प्रतियोगितामा सेन्चुरी बैंकले ५० हजार रुपैया प्रायोजन गरेको छ ।

Comment