जुडो टोली थाइल्यान्ड जाँदै


थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार थाइल्यान्डको चियाङ माइ प्रस्थान गर्दैछ ।
जुन १५ र १६ तारिखमा हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला गरी ४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ६० केजीमुनि उमेश मगर र ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ तथा महिला ५२ केजीमुनि देवीका खड्का र ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले सहभागिता जनाउने छन् । प्रशिक्षकमा रवि चौधरी तथा व्यवस्थापकमा हेमराज भण्डारी रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बुधबार बिदाइ गरे ।

Comment