आयोजक अन्नपूर्ण मावि चेस च्याम्पियन


यही २४ जेठ देखि सञ्चालन भएको १५औं अन्नपूर्ण मैत्री अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको उपाधि आयोजक अन्नपूर्ण मावीले जितेको छ । उपाधि हात पार्ने क्रममा सावि विजेता समेत रहेको आयोजक टोलीले ४ स्वर्ण, १ कास्य र अन्य ८ सान्तवना पदक जितेको हो । त्रियोग मा.वि., धापासी दोस्रो र पुष्पसदन बोर्डिङ हाई स्कूल, कीर्तिपुर तेस्रो भए ।
प्रतियोगिता अन्त्रगत यु– १६ छात्र तर्फ अन्नपूर्ण मा.वि.का दिपेन्द्र गमाल प्रथम, महांकाल माविका विजय टमाटा दोस्रो र सेन्ट देभीज एकेडेमीका सुरेन्द्र राई तेस्रो भए । समेही उमेर समुहको छात्रा तर्फ अन्नपूर्ण माविकै नेहा दास बानिया पहिलो, तिलिङटार मावि धापासीकी पूनम वि.क. दोस्रो तथा त्रियोग माविकी उन्नति सिलवाल तेस्रो भए ।

यू – १४ छात्र तर्फ अन्नपूर्ण माविकै प्रवेश लामा प्रथम भए भने तिलिङटार माविका सकुल बुढाथोकी दोस्रो र सेन्ट देभीज एकेडेमीका राजकुमार राई तेस्रो भए । छात्रा तर्फ त्रियोग हाईस्कूलकी मार्शल तामाङ प्रथम, तिलिङटार माविकी आयुशा तिमल्सिना दोस्रो र पायोनियर इन्टरनेशनल स्कूल, कपनकी सुप्रिया बुढाथोकी तेस्रो भए । यू– १२ छात्र तर्फ भने विश्व निकेतन स्कूलका अनिल शाह प्रथम, अन्नपूर्ण माविका रोहित श्रेष्ठ दोस्रो तथा तिलिङटार माविका प्रशान बजगाईं तेस्रो भए ।
प्रतियोगिताको अन्तिम दिन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ३ का अध्यक्ष एवंं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश श्रेष्ठले विजयी प्रतियोगीहरुलाई पदक, प्रमाणपत्र तथा पुरस्कार वितरण गरे । प्राचार्य चन्द्र प्रकाश राजभण्डारीले प्रतियोगिता पूर्ण सफल भएकोमा सहभागी विद्यालय र छात्रछात्राहरुलाई धन्यवाद ज्ञापन गरे ।

Comment