जुनियर कोटेश्वर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

?

जुनियर कोटेश्वर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनीबार सुरु भयो । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङको आफ्नै हलमा जारी प्रतियोगिताको प्रमुख अतिथी तीन नम्बर प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा नेपाल तेक्वान्दो संघका सचिव तथा प्रबक्ता दिपक विष्ट, सहकोशाध्यक्ष सुमन घले, सदस्यहरु संगीना बैद्य, हिरा बहादुर थापा, कबिराज खड्गी, नोर्बु लामा र मिन न्यौपानेका साथमा तीन नम्बर प्रदेशका अध्यक्ष केशब पुरी उपश्थित थिए । कार्यक्रम संघका केन्द्रिय समितीका सदस्य हेमन्त डागीँले सञ्चालन गरेका थिए । उद्घाटन समारोहको अबसरमा नवनियुक्त राष्ट्रिय खेलकुद परिषद्का तालीम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन बि.क अहिल नेपाल फुटबल संघकाक महासचिव इन्द्रमान तुलाधर र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रमोद पराजुलीलाई सम्मान गरियो ।

?


पहिलो दिन भएको पुरुष २० किलो तौल समुहमा कोटेश्वरका इमन राना मगर पहिलो, भक्तपुरका समराज तामाङ दोश्रो तथा ललीतपुरका प्रीन्स थापा र प्रदेश नम्बर पाचँका मुस्कान कुवँर तेश्रो भए । १८ किलो समुहमा प्रदेश नम्बर तीनका तानीस बस्नेत पहिलो तथा ललीतपुरका सफल मर्हजन दोश्रो भए । सो स्पर्धामा काठमाडौंका अरुष राइ र एक नम्बर प्रदेशका सुजित राइ तेश्रो भए ।
३७ किलो तौल समुहमा ललीतपुरका सागर घिमिरे पहिलो, तीन नम्बर प्रदेशका सुमन उप्रेती दोश्रो, काठमाडौंका आशिष तामाङ र दुइ नम्बर प्रदेशका सिद्धान्त प्रजापती तेश्रो भए । ३४ किलो तौल समुहमा दुइ नम्बर प्रदेशका सुदिप नेपाली पहिलो र ललीतपुरका प्रज्वल परियार दोश्रो भए । पाचँ नम्बर प्रदेशका हिमाल श्रेष्ठ र भक्तपुरका क्रिस काछीचुवा तेश्रो भए ।
महिला २५ किलो तौल समुहमा पाचँ नम्बर प्रदेशकी रश्मि तामाङ पहिलो,ललीतपुरकी श्रृष्टि लामा दोश्रो तथा कोटेश्वरकी रञ्जिता थापा र सुदुर पश्चिमकी सारिका बुडाल तेश्रो भए । २८ किलो तौल समुहमा तीन नम्बर प्रदेशकी करुणा ढुगाना पहिलो,भक्तपुरकी युनिषा राइ दोश्रोे तथा काठमाडौंकी सम्झना तामाङ र कर्णालीकी आशा शाही तेश्रो भए । ३० किलो तौल समुहमा ललीतपुरकी सुजिता तामाङ पहिलो,तीन नम्बर प्रदेशकी कृत्तिका कार्की दोश्रो तथा भक्तपुरकी ऋत्तिका मर्हजन र प्रदेश नम्बर पाचँकी सजना भण्डारी तेश्रो भए ।

Comment