एबीसी र ‘एच टु क्लिन’ विच सहकार्य

 अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा राजधानी जारी सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट खेल्ने तयारीमा रहेको अनुशाषित ब्वाइज क्लब (एबीसी) लाई ‘एच टु क्लिन’ को प्रायोजन पाएको छ ।

‘एच टु क्लिन’ दुर्गा इन्जिनियरिङ एन्ड अटो वर्कस् प्रालिले ‘सी’ डिभिजन लिग छनोट खेल्ने एबीसी क्लबका खेलाडी तथा अफिसियललाई १–१ थान ट्याकसुट प्रदान गरेको हो ।

‘एच टु क्लिन’ दुर्गा इन्जिनियरिङ एन्ड अटो वर्कस् प्रालिका प्रोपाइटर राजु घिमिरले खेलाडी तथा अफिसियललाई ट्याकसुट हस्तान्तरण गरे ।

ट्याकसुट हस्तान्तरणअघि एबीसीले ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिता खेल्न लागेको विभागीय नेपाल पुलिसको उमेर समूहको टोलीसँग मैत्रीपुर्ण खेल खेलेको थियो ।

Comment