धनगढीमा अन्तराष्ट्रीय कराँते प्रतियोगीता बिहिबारबाट

धनगढीमा बिहिबार “आरविए नवौ अन्तराष्ट्रीय गोजुरियो कराते प्रतियोगीता २०७६”सुरु हुदै छ । सार्क राष्ट्रका विभिन्न देशहरुका ७ सय भन्दा बढी खेलाडी हरुको सहभागीता रहने प्रतियोगीताको सम्पुर्ण प्राविधिक तयारी पुरा भएको आयोजक राष्ट्रीय गोजुरियो कराते दो संघले जनाएको छ । प्रतियोगीता उद्घाटनको पुर्वसन्ध्यामा आज धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगीताको तयारी पुरा भएको जनाएको छ ।
प्रतियोगीतामा सहभागीताका लागी नेपालका विभिन्न प्रदेशहरुका टोलीका साथै भारत, बंगलादेश, भुटान, माल्दिभ्स, अफगानस्तान लगायतका देशहरुका खेलाडीहरु एवम् कोचहरु धनगढी पुगीसकेका छन् ।
प्रतियोगीता संयोजक प्रकाश चन्दले दिएको जानकारी अनुसार प्रतियोगितामा काता, कुमुते र टिम कुमुते गरि तीन विधामा प्रतिस्पर्धा हुने तीनै विधामा ४० स्वर्ण, ४० रजत र ८० कास्य गरी १ सय ६० पदकका लागि प्रतिस्पर्धा हुने चन्दले जानकारी दिए ।
प्रतियोगिताको प्रथम हुुने टिमले ७५ हजार पुरस्कार पाउने छ भने दोस्रो हुने टिमले ५० हजार पुरुकार पाउने छन । त्यस्तै टिम कुमुते विजेतालाई ५१ हजार, दोस्रोलाई ३१ हजार, तृतीयलाई २१ हजार प्रदान गरिने छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा राष्ट्रवादी विकासशील अभियान रहेको छ भने प्रायोजकमा शुभश्रीप्यालेस धनगढी रहेको छ । यसैगरी, प्रतियोगीतामा जस्मीन पेन्ट, होटेल फ्लोरा तथा ज्योती लाइफ इन्सेरेन्स सहप्रायोजकका रुपमा रहेका छन् । प्रतियोगीतामा करिव २२ लाख बरावरको आर्थीक कारोवारहुने जनाइएको छ ।

Comment