भुपेन्द्रको उत्कृष्ट प्रदर्शन

दोस्रो संस्करणको इन्डियन ओपन अन्तराष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा नेपालका भुपेन्द्र थापाले उत्कृष्ट प्रदर्शन गरेका छन् । मंगलबार भारतको गुवाहाटी स्थित नविन चन्द्र बोर्डलाई इन्डोर स्टेडियममा भएको ६४ केजी तौल समूहको खेलमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएका हुन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेका उनले जित भने निकाल्न सकेनन् । भुपेन्द्र इन्डिया ‘डी’का अंकुश डहियासँग ३–२ अंकले पराजित भएका हुन् ।
उनले गरेको प्रदर्शन प्रतियोगितामा सहभागि सबै नेपाली खेलाडी मध्य हालसम्मको उत्कृष्ट प्रदर्शन हो । मंगलबारनैै भएको ५२ केजी तौल समुहमा तेज बहादुर देउवा इन्डिया ‘डी’का पीएल प्रसादसँग पराजित भएका छन् । उनि युनिनमस नतिजाका आधारमा ५–० अंकले पराजित भएका हुन् ।
अर्काे खेलमा नेपालका प्रकाश लिम्बु इन्डिया ‘सी’अंकितसँग पराजित भएका छन् । उनि पनि युनिनमस नतिजाको आधारमा ५–० अंकले पराजित भएका हुन् । बुधबार नै भएको खेलमा नेपालका विकेश लामा इन्डियाका दिनेश दागरसँग पराजित भएका छन् । उनि ५–० अंकले पराजित भएका हुन् ।
बक्सिङ फेरेडेसनले आयोजना गरेको प्रतियोगितामा नेपालबाट भाग लिएका ११ जना खेलाडी मध्य १० जाना खेलाडी बाहिरिएका छन् । नेपालका आशिस दुवाडीको खेल केहि समय पछि सुरु हुनेछ । महिलातर्फ सहभागि खेलाडी भने मंगलबार नै बाहिरिसकेका थिए । महिलातर्फ भने मंगलबारको खेलमा नेपालकी पुनम रावलले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

Comment