आत्मरक्षा तालिम सम्पन्न

टोखा नगरपालिकाको आयोजनामा नेपाल सेल्फ डिफेन्स एसोसिएसनद्वारा प्रदान गरिएको ३ दिने आत्मरक्षा तालिम टोखा नगरपालिका २ स्थित नगर अस्पतालको हलमा सम्पन्न भएको छ ।
काठमाण्डौको टोखा नगरपालिका अन्तर्गतका नीजि तथा सामुदायिक विद्यालयका किशोरीहरुलाई अत्मरक्षामा सबल बनाउने उद्येश्यले संचालित उक्तकार्यक्रमको उद्घाटन तथा समापनमा टोखा नगरपालिका उपप्रमुख ज्ञानमायाँ डंगोलले गरिन् । सो कार्यक्रममा बोल्दै उप–प्रमुख डंगोलले किशोरीहरुलाई प्रदान गरिने आत्मरक्षा तालिमले उनिहरुमा आत्मविश्वासमा बृद्धिभई आगामि दिनमा महिलामाथिहुने विभिन्न हिंसा तथा दुव्र्यवहारका घटनामा कमि आउने विश्वास व्यक्त गरिन् । सथै उनले आत्मरक्षा तालिम यस अघि टोखा नगरपालिकाका विभिन्न विद्यालयका किशोरीहरुलाई प्रदान गरिसकिएको स्मरण गर्दै आगामि दिनमा टोखा नगरपालिकामा रहेका सम्पुर्ण महिला तथा किशोरीहरुलाई प्रदान गर्ने वातावरण निर्माणमा आफु प्रतिवद्ध रहेको बताईन् ।

यसै गरी आफ्नो मन्तव्यको क्रममा टोखा नगरपालिकाका प्रसासकिय अधिकृत प्रदिप पौडेलले आत्मरक्षा तालिमले किशोरीहरुको मनोबलमा बृद्धि हुने बताउदै नगरपालिका भर यस्तो कार्यक्रम संचालन गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । मन्तव्यकै क्रममा टोखा नगरपालिका १ का वडाध्यक्ष श्रीकृष्ण अधिकारीले अहिले महिला हिंसाका घटना बारम्बार दोहोरीरहेको अवस्थामा विद्यालयका किशोरीहरुले यस्तो अवसर प्राप्त गर्नु आफैँमा सौभाग्यको कुरा रहेको बताए ।

उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन तथा समापन सत्रमा टोखा नगरपालिकाको १,२ र ३ नं वडाका स्थानिय प्रतिनिधि नगरपालिकाका कर्मचारीहरु लगायत विद्यालयका शिक्षक तथा शिक्षिकाको सहभागिता रहेका थियो । कार्यक्रममा नेपाल सेल्फ डिफेन्स एसोसिएसनकी प्रमुख प्रशिक्षक सञ्जु महर्जन, टेक्निकल प्रमुख राधिका ऐर हमाल तथा प्रशिक्षक भगवती अधिकारी, तिलक घिमिरे लगायतले आत्मरक्षा सम्बन्धि विभिन्न सैद्धान्तिक एवं व्यवहारीक प्रशिक्षण प्रदान गरे । तालिममो टोखा नगरपालिका अन्तर्गतका १,२ र ३ नम्बर वडामा रहेका सामुदायिक तथा निजि विद्यालयका विद्यालयका कुल ४० जना किशोरीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको समापन आइतबार ३ नं. प्रदेश शभाका सभासद माननिय दिपक निरौलाको प्रमुख आतिथ्यमा भएको हो । 
Comment