दोश्रो चरणमा रोकियो बिरको यात्रा

बेलायतको म्यानचेस्टरमा जारी बिश्व तेक्वान्दो च्याम्पियनसीपको दोश्रो दिनको खेलमा नेपालका सबैभन्दा प्रभावशाली खेलाडी बिर बहादुर महराले दोश्रो चरणमा हारको सामना गरेका छन् । पहिलो चरणमा सोमालीयाका अब्दुल्ला फाउद दाहीरलाई हराएका बिर दोश्रो चरणमा भने दक्षिण कोरियाली खेलाडी डी होन लीसंग पराजित भए । उपाधिका दाबेदार मानीएका डीले हालसम्म भएका सबै खेलमा प्रतिद्धन्दी माथि एक पक्षिय जित हात पार्दै आएका छन् । बिर पछिल्लो समय नेपाली तेक्वान्दोमा सबैभन्दा आशा लाग्दा पुरुष खेलाडीको रुपमा रहदै आएका थिए । एक दिन अघि मनोज मल्लले पनि पहिलो चरणमा हार ब्यहोरेका थिए । शुक्रबार युनिसा राइले खेल्ने छिन् ।

Comment