सामाखुशीको आयोजनामा कराते प्रतियोगिता

शुक्रबार र शनीबार “खेलकुद स्वस्थ्यको लागि,खेलाडी राष्ट्रको लागि” भन्ने मुल नाराका साथ शाखा डोजो सामाखुशीको आयोजनामा हुने पाँचौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पुरा भएको छ । सो प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान र भुटानका खेलाडीहरुको सहभागीता रहने छ । प्रतियोगिताको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट र समापन नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेबाट हुनेछ ।
प्रतियोगितामा नेपालबाट ३सय, भारतबाट २सय , श्रीलंकाबाट ८, बंगलादेशबाट ५,पाकिस्तानबाट ३ र भुटानबाट ५ खेलाडी सहभागि हुनेछन् । अफिसियल कराते तर्फ २२ तथा काता तर्फ ४ स्पर्धा समाबेश गरिएका छन् । प्रतियोगिता लैनचैर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिताको अनुमानीत लागत पन्ध्र लाख नौं हजार पाँच सय रुपैया रहेको छ । उक्त रकम आयोजक डोजोले नै व्यहोर्ने कुराको जानकारी शाखा प्रमुख तथा प्रशिक्षक राजेन्द्र कुमार ओझाले दिए ।

Comment