मखन चेस क्लबको नयाँ शैली

काठमाडौं महानगरपालीका वडा नम्बर २४ को आयोजनामा महानगर दिवस प्रथम मेयरकप उमेर समुह यु–१२ र यु–१६ बुद्धीचाल प्रतियोगिता हुने भएको छ । ३ देखि ५ जेठसम्म हुने प्रतियोगिताको ब्यबस्थापकीय जिम्मेवारी मखन चेस क्लबले ग्रहण गरेको छ । प्रतियोगितामा यु–१६ खुला तथा यु–१२ मा छात्र र छात्रा गरी तिन स्पर्धा समाबेश गरिएको छ ।
पूर्व राष्ट्रिय च्याम्पियन तथा राष्ट्रिय आर्बीटर सुरबीर लामाको नेतृत्वमा रहेको प्राबीधीक टोलीले प्रतियोगिता सञ्चालन गर्ने छ । स्वीस लिग आधारमा प्रतियोगिता सात चरणको हुने छ । तीनै स्पर्धामा उपाधीधारीले ३० हजार, उपविजयीले १५ हजार तथा तेश्रो हुनेले १० हजार रुपैया पुरस्कार पाउने छन् । यसैगरी, बेस्ट प्लेयरको रुपमा ५ हजार रुपैया पुरस्कार राखिएको छ ।
प्रतियागिताको ब्यबस्थापीक जिम्मेवारी सम्हाल्ने मखन चेस क्लब कुनै समय नेपालकै पावर हाउसको रुपमा रहेको थियो ।
नेपालमा पहिलो रेटिङ बुद्धीचाल प्रतियोगिताको आयोजना गर्ने मखनको घरेलु खेलाडीको विचमा रेटिङ प्रतियोगिता आयोजना गर्ने प्रचलनको सुरुवातमा महत्वपूर्ण भुमिका रहेको छ । हाल हुन लागेको प्रतियोगितालाई क्लबको नया तर उपयोगी प्रयोगको रुपमा हेरिऐको छ ।

Comment