मेलम्चीमा कराते प्रतियोगिता हुदै

नेपाल गोजु–रियो कराँते दो संघ र मेलम्ची डोजोको आयोजनामा मेलम्ची मेयर कप खुल्ला कराँते प्रतियोगिता आगामी ३ र ४ जेठमा हुने भएको छ ।
खेलकूद क्षेत्रको माध्यमबाट मेलम्ची नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा चिनाउने र युवा पुस्तालाई खेल क्षेत्रमा आकर्षित गराउने उद्देश्यका साथ सो प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा ४० वटा स्पर्धामा विभिन्न उमेर समुह गरेर ३०० (महिला र पुरुष) जना खेलाडीहरुले सहभागिता जनाउने छन् ।सो प्रतियोगिताका विजयी हुने खेलाडीहरुलाई नगद , मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक सानुबाबु गिरीले बताए ।
अनुमानित लागत खर्च १०लाख लाग्ने आयोजकको भनाई छ ।सो प्रतियोगिताले मेलम्ची नगरपालिका र यस भेगमा कराँते खेलप्रति युवाहरुको आकर्षण बढ्ने विश्वास लिइएको छ ।

Comment