पुलिस र आर्मी क्वाटरफाइनलमा

साविकको विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ताप्लेजुङको साँघुमा सोमबार पुलिसले प्रदेश नम्बर १ र आर्मीले टियु विश्वबिद्यालय टिमलाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
साँघुस्थित नारायणी माविको खेल मैदानमा भएको पहिलो खेलमा प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस समूह ’ए’ बाट क्वाटरफाइनलमा पुगेको हो । पुलिसले प्रदेश १ लाई २५–८, २५–१८ र २५– ९ को सेटमा पराजित गर्यो ।
अब पुलिसले मंगलबार प्रदेश ३ संग खेल्नेछ । प्रतियोगितामा ८ टोली सहभागी भएको कारण प्रदेश १ पनि क्वाटरफाइनलमा पुगेको छ । यस्तै आर्मीले विश्वबिद्यालय टिमलाई ३–० को सोझो सेटमा नै पराजित गर्यो । आर्मीले विश्वबिद्यालय टिमलाई २५–१३, २५–१३ र २५–१५ को सेटमा पाखा लगायो । अब आर्मीले प्रदेश नम्बर २ संग खेल्नेछ ।
जलजले युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत सोमबार सशत्र प्रहरीको एपीएफले प्रदेश ३ लाई ३–० को सोझो सेटमा पराजित गर्यो । एपीएफले प्रदेश ३ लाई २५–१६,२५–१५ र २५–२४ को सेटमा हरायो । अब एपीएफले मंगलबार प्रदेश १ संग खेल्नेछ ।
त्यस्तै गण्डकी प्रदेशले प्रदेश २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गर्यो । गण्डकीले प्रदेश २ लाई २५–१६,२५–१५ र २५–१६ को सेटमा हरायो । अब गण्डकीले विश्वबिद्यालयसंग प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका आयोजक क्लबका अध्यक्ष दिवश लिम्बुले जानकारी गराए । प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ । यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०–५० हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७–७ हजार पाउने छन् ।

Comment