विवेक घाइते


अन्तर्राष्ट्रिय पदक विजेता तेक्वान्दो खेलाडी विवेक श्रेष्ठ शनिबार घाइते भएका छन् । कोटेश्वर तेक्वान्दो डोजाङले आयोजना गरेको दोश्रो कोटेश्वर आमन्त्रण जुनियर तेक्वान्दो प्रतियोगिताको पुरुष ३८ केजीमुनि फाइनल खेल्ने क्रममा विवेक गम्भीर घाइते भएको टिम प्रशिक्षक अशोक खड्काले जनाएका छन् ।
आयोजककै खेलाडीसंग खेल्ने क्रममा १३ वर्षीय विवेकको बायाँ हातमा गम्भीर चोट लागेको प्रशिक्षक खड्काले बताए । उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
विवेक जापानमा भएको दुई अन्तर्राष्ट्रिय तेक्वान्दोमा २ स्वर्ण, थाइल्यान्डमा भएको २ अन्तर्राष्ट्रिय तेक्वान्दोमा २ स्वर्ण, हङकङमा भएको १ अन्तर्राष्ट्रिय तेक्वान्दोमा २ स्वर्ण तथा भुटानमा भएको १ अन्तर्राष्ट्रिय तेक्वान्दोमा १ स्वर्ण र १ रजत विजेता हुन् ।

Comment