प्रशिक्षकको रुपमा रञ्जनाको यात्रा

लामो समय नेपाली महिला ह्यान्डबल टोलीको नेतृत्व गरेकी रञ्जना राइले पटियालाबाट प्रशिक्षकको डिप्लोमा कोर्ष पुरा गरेकी छिन् । सन् २०१० को दशकमा लामो नेपाली ह्यान्डबलको नेतृत्व गर्दै नया उचाइ र सफलता दिलाएकी रञ्जनाले यस अघि रेफ्रिको भुमिकामा समेत आफूलाई अब्बल राखेकी छिन् । रञ्जनासंगै हक्कीकी विमला भट्ट, भारोत्तोलनका सुबास उपाध्याय र क्रिकेटका अनील अधीकारीका साथमा भलीबलका उत्सब खड्का र मोहन चन्दले कोर्ष पुरा गरेका हुन् ।
डिप्लोमा कोर्ष पछि उनले केही समय अघिसम्म सक्रिय खेलाडी जिवनमा रहेका कारण त्यो अनुभब प्रशिक्षक जिवनमा उपयोगी हुने बिश्वास ब्यक्त गरेकी छिन् ।

Comment