आत्मरक्षा तालीम सम्पन्न

गुरुकुल सिक्युरिटी सर्बिसेस प्रालिको आयोजनामा राष्ट्रिय गोजुरियो कराते दो संघको प्राबिधिक सहयोग तथा धनगढी उपमहानगरपालिकाको सहयोगमा धनगढी, फुलबारीमा ा महिला हरु को लागि ४ दिने आत्मरक्षा तालीम सम्पन्न भएको छ ।
तालिमको प्रमुख अतिथी सांसद नेपालु चौधरीले समापन गरे । कार्यक्रममा विशिष्ट अथिती मुरारी अधिकारी थिए । समापन समारोहमा विभिन्न क्लबका अध्यक्षका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधिको उपश्थिती थियो । गुरुकुल सेक्युरिटीका अध्यक्ष तथा प्रशिक्षक प्रकाश कुमार चन्दको सभापतीत्वमा भएको कार्यक्रम फुलवारि एकेडमीका अध्यक्ष सुनिल सुवेदीले सन्चालन गरेका थिए ।

Comment