अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने

आगामी जेष्ठ ३ र ४ गते “ खेलकुद स्वस्थ्यको लागि , खेलाडी राष्ट्रको लागि ” भन्ने मुल नाराका साथ शाखा डोजो सामाखुशीको वार्षिक कार्यक्रम अनुसार पाँचौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०७६ आयोजना हुने भएको छ । प्रतियोगितामा नेपाल,भारत,श्रीलंका,बंगलादेश,पाकिस्तान र भुटानका खेलाडीहरु सहभागी हुनेछन् । नेपालबाट ३५०,भारतबाट ३००, श्रीलंकाबाट १५, बंगलादेशबाट १५,पाकिस्थानबाट १० र भुटानबाट १० खेलाडीहरु सहभागी हुने अनुमान गरिएको छ । कुमुते तर्फ २२ र काता तर्फ ४ स्पर्धा समाबेश गरिएको छ ।
प्रतियोगिता लैनचैर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिताको लागत पन्ध्र लाख नौं हजार पाँच सय रुपैया रहेको आयोजक डोजोका प्रमुख तथा प्रशिक्षक राजेन्द्र कुमार ओझाले जानकारी दिए ।

Comment