शुभ र उर्शला उत्कृष्ट, किक बक्सिङमा सोनम च्याम्पियन

.
प्रथम वडाअध्यक्ष कप राष्ट्रिय कराते प्रतियोगितामा बादोकाइ कराते टिम पहिलो भएको छ । उपाधि जित्ने क्रममा वादोकाइले ९ स्वर्ण, १ रजत र ४ कास्य पदक हात पारेको हो । उपाधि विजेता टोलीले २५ हजार रुपैया पुरस्कार पायो । गोदावरी नगरपालीका वडा नम्बर चार र बडीखेल शाखा डोजोको संयुक्त आयोजानमा सम्पन्न प्रतियोगितामा ५ स्वर्ण ४ रजत र ७ कास्य सहित ग्लोवल भिजन स्कलर स्कुल नागर्जून टिम दोश्रो भयो । उपविजयी टोलीले १५ हजार रुपैया पुरस्कार पायो । आयोजक बडीखेल डोजो ३ स्वर्ण ३ रजत र ७ कास्य सहित तेश्रो भयो । वडिखेल डोजोले १० हजार रुपैया पुरस्कार पायो ।
प्रतियोगितामा त्यसैगरी नेपाल कराते महासंघ अन्तर्गत रहेका विभिन्न राष्ट्रिय संघहरु खेलाडीहरु, विभिन्न जिल्ला तथा शाखा डोजोहरु गरि जम्मा ३ सय ७४ जना खेलाडीहरुको सहभागिता थियो । प्रतियोगिताको पुरुष तर्फ गोदावरी डोजोका शुभ सिल्वाल र महिला तर्फ आयोजक बडीखेल डोजोका उर्शला पहरी सर्वाेत्कृष्ट खेलाडी भए । उनीहरुले ३ हजार रुपैया पुरस्कार पाए । त्यसैगरी उदियमान खेलाडीमा महिला तर्फ सिन्धुपाल्चोकका ज्यानु तामाङ र पुरुष तर्फ हायासी हा सितोरियो करातेका मिलन तामाङ घोषित भए । उनीहरुले २ हजार रुपैया पुरस्कार पाए । प्रतियोगितामा अनुशासित टिम के जेट आई वादोरियो कराते टिम बन्न सफल भएको छ ।
सोही अबसरमा आयोजित खुल्ला पुरुष किक बक्सिङ प्रतियोगितामा गोदावरी डोजोका सोनम थिङ तामाङले बडीखेल डोजोका सुवास पहरीलाई फाइनलमा पराजित गरि पहलिो भए । सोनमले १० हजार तथा सुवासले ५ हजार रुपैया पुरस्कार पाए । किक बक्सिङमा थानकोट डोजोका भिम शाक्य र महांकालका आयुस न्यौपाने तेश्रो भए । तेश्रो हुने खेलाडीले २ हजार रुपैया पुरस्कार पाए ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि प्रदेश नंम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, विशेष अतिथि प्रदेश शभा सांसद लालकुमारी पुन, नेपाल कराते महासंघका केन्द्रीय सदस्य एवं अन्तरास्ट्रिय रेफ्री छत्र आले र कराते बरिस्ठ प्रशिक्षक मोहन महर्जन लगायतले पुरस्कार प्रदान गरे । कार्यक्रममा कोञ्ज्योसोम गाउपालिका अध्यक्ष गोपिलाल तामाङ, गोदावरी नगरपालिकाका कानुनी सल्लाहकार गणेश आचार्य, गोदावरी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुमान महर्जन, नेकपा नेता पुरुषोत्तम आचार्य लगायत अतिथिहरुको पनि उपश्थिती थियो । प्रतियोगिता गोदावरी नगरपालिका वडा नं. ४ को वडाअध्यक्ष एवम् राष्ट्रिय खेलकुद परिषद्का पूर्व बोर्ड सदस्य मुकुन्द बहादुर पहरीको अध्यक्षतामा सम्पन्न भएको छ । आयोजक कमिटीका अध्यष महरीले खेलकुदको विकासका साथै वडाअध्यक्षहरुको एकता, सम्मान र पहिचानका लागि पनि प्रतियोगिता महत्वपूर्ण भएको बताए । प्रतियोगिता कराते खेलका एसीयन रेफ्री गंगालाल श्रेष्ठको रेफ्री संयोजकत्वमा सम्पन्न भएको कराते प्रशिक्षक तथा राष्ट्रिय निर्णायक चिन लामाले जानकारी दिए ।

Comment