नेपाली स्नुकर टोली भारत प्रश्थान


भारतको चन्द्रीगढमा १४ देखि २० बैशाखसम्म आयोजना हुने एसियाली जुनियर स्नुकर च्याम्पियनसीपमा सहभागि हुने टोली बुधबार त्यस तर्फ प्रश्थान गरेको छ । अध्यक्ष सरोज मुल्मीको नेतृत्वमा गएको टोलीमा खेलाडीको रुपमा आयुष गौतम र सञ्जय बज्राचार्य सहभागि छन् । नेपाली टोलीलाई काठमाडौ महानगरपालीका वडा नम्बर ११ का अध्यक्ष हिरालाल तण्डुकार लगायतले विदाइ गरे ।

Comment