एपीएफलाई क्रिकेट उपाधि

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङको लमहीमा भएको महिला क्रिकेटको उपाधी एपीएफले जितेको छ । उपाधि भिड्न्तमा प्रदेश नम्बर १ लाई ८७ रनको अन्तरले पराजित गर्दै एपीएफले उपाधी हात पारेको हो । फाईनलमा पराजित प्रदेश न १ उपबिजेतामा चित्त बुझाउन बाध्य हुदा सुदुरपश्चिम प्रदेश तेस्रो भयो । टस जितेर ब्याटिङ गर्ने सुनौलो अबसर पाएको एपीएफले २० ओभरमा पुरै विकेट गुमाएर १२८ रन वनायो । जसमा ज्योति पाण्डेले सर्वाधीक ४५, र सिताराना मगरले ४२ रनको योगदान दिए । बलिङ्ग तर्फ प्रदेश १ कि रुविना क्षेत्री, सवनम राई र संगिता राइले समान ३र३ विकेट लिए। १२९ रनको बिजयी लक्ष्य लिएर जवाफि ब्याटिङका लागि खेल मैदानमा उत्रेको प्रदेश नम्बर एक १९ दशमलव ४ ओभरमा अलआउट हुदै मात्र ४१ रनमा समेटिन पुग्यो । रश्मि शर्मा चौलागाइ अविजित हुदै २७ रन जोडिन ।
वलिङ्गमा एपीएफकी रितु कनोजिया, सरिता मगर र सीता राना मगरले समान २(२ विके लिइन । प्लेर अफ द म्याच रिता राना मगर घोषित भइन । सो अबसरमा वेस्ट वलर प्रदेश १ कि संगिता राई, वेष्ट व्याट्सम्यान प्रदेश ७ कि कबिता जोशी, प्लेयर अफ द टुनामेन्ट प्रदेश १ कि रुविना क्षेत्री भइन । दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य विनोद मैनालीको प्रमुख आतिथ्यतामा बिजेतालाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो !

Comment