आइटिएफमा आर्मी पहिलो

आठौ राष्ट्रिय खेलकुद अन्तरगत नेपालगञ्जमा सम्पन्न आइटिएफ तेक्वान्दोमा नेपाल आर्मी क्लब च्याम्पियन भएको छ । आर्मीले १६ स्वर्ण,२ रजत र ४ काश्य पदक हात पारेको छ । ४ स्वर्ण, ९ रजत र ४ काश्य पदक जितेको एपीएफ दोश्रो भएको छ । यसैगरी, ४ स्वर्ण,७ रजत र १० काश्य पदक सहित तीन नम्बर प्रदेश तेश्रो भयो ।
प्रतियोगितामा नेपाल आर्मी क्लबकी तुलसा राजथलाले तीन स्वर्ण पदक हात पारेकी छिन् । तेश्रो स्वर्ण जित्ने क्रममा उनले मंगलबार ६१–६५ तौल समुहमा स्वर्ण पदक जितिन् । सो समुहमा पाचँ नम्बर प्रदेशकी जानुका कणेँलले रजत तथा कर्णाली प्रदेशकी रमा रिजाल र श्वेता राइले काश्य पदक जिते । महिलाकै ६५–७० किलो तौल समुहमा आर्मीकी कामना पुनले स्वर्ण पदक जितेकी छन् । तीन नम्बर प्रदेशकी डोल्मा गुरुङले रजत तथा गण्डकी प्रदेशकी बसन्ती बुढाथोकी र प्रदेश नम्बर एककी मिक्की गुरुङले काश्य पदक जिते । ७० किलो माथि आर्मीकी कायम लीम्बुले स्वर्ण पदक जितेकी छिन् । गण्डकी प्रदेशकी निकिता तामाङले रजत तथा पाचँ नम्बर प्रदेशकी सृजना चौधरी र सात नम्बर प्रदेशकी सृजना सिजापतीले काश्य पदक जिते । पुरुषको ७६–८० किलो तौल समुहमा पाचँ नम्बर प्रदेशका साजन पञ्चभैयाले स्वर्ण, तीन नम्बर प्रदेशका सुजन पुलामी मगरले रजत तथा आर्मीका विजय सुनुवार र गण्डकी प्रदेशका राजन रसाइलीेले काश्य पदक जिते ।
८० किलो भन्दा माथि आर्मीका चाउची डंगोलले स्वर्ण पदक जित्दा, गण्डकी प्रदेशका सुदिप आचार्यले रजत पदक जिते । तीन नम्बर प्रदेशका सागर बानीया र प्रदेश नम्बर दुइका शेर बहादुर सारु मगरले काश्य पदक जिते ।

Comment