एपीएफका दुवै टोली फाइनलमा

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ह्यान्डबलको पुरुषमा एपीएफ र गण्डकी प्रदेश उपाधिका लागि भिड्ने भएका छन् । नेपालगन्ज रंगशाला परिसरमा भएको सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली आर्मीलाई ३२–२६ ले पराजित ग¥यो । एपीएफका लाकेन्द्र चन्दले ९ गोल गरे । अर्को सेमिफाइनलमा गण्डकीले प्रदेश ३ लाई ४०–१८ को फराकिलो गोलअन्तरले हरायो । गण्डकीका दिनेश श्रेष्ठ तथा करण थापाले समान ७–७ गोल गरे । प्रदेश ३ का अमर श्रेष्ठले पनि ७ गोल गरे ।
नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालयको मैदानमा भएको प्रतियोगिताअन्तर्गन महिलाको उपाधि भिडन्त दुवै विभागीय टोली आर्मी र एपीएफबीच हुने भएको छ । आर्मीले प्रदेश १ लाई ३८–१७ ले पाखा लगायो । आर्मीकी कविता राईले ११ गोल गरिन् । एपीएफले गण्डकीलाई २२–४ ले पन्छायो । एपीएफकी देवी श्रेष्ठले ७ गोल गरिन् ।

Comment