ज्ञानेन्द्र पछि सक्षम र भुपेनले जिते स्वर्ण

आठौ राष्ट्रिय खेलकुद अन्तरगत भैरहवामा जारी तेक्वान्दो प्रतियोगितामा तिन विभागीय टोली विचको प्रतिस्पर्धा जारी छ । एक दिन अघि पुम्सेमा पुलिसले सानदार सफलता पाए पनि आइतबार नेपाल आर्मी र एपीएफ लयमा फर्कीएका छन् । लामो समय देखि प्रभाव जमाउदै आएका आर्मीका सक्षम कार्कीले ८० किलोमा स्वर्ण पदक जिते । एपीएफका भिम बहादुर खड्काले रजत जिते भने पुलिसका किरण सितीखु र तीन नम्बर प्रदेशका विष्णु तामाङले काश्य पदक जिते ।
सक्षम जस्तै कोटेश्वर तेक्वान्दो डोजाङका अर्का उत्पादन भुपेन श्रेष्ठले ८७ किलोमा स्वर्ण पदक जिते । सो स्पर्धामा पुलिसका दिनेस हमालले रजत तथा सात नम्बर प्रदेशका ओम जंग सिंह र दुइ नम्बर प्रदेशका अमित कुमार सिंहले काश्य पदक जिते । सक्षम र भुपेनले स्वर्ण जित्नु एक दिन अघि कोटेश्वरकै ज्ञानेन्द्र हमालले स्वर्ण जितेका थिए । पछिल्लो समय नेपाली तेक्वान्दोमै उत्कृष्ट लयमा रहेका पुलिसका विर बहादुर महराले ६३ किलोमा स्वर्ण पदक जिते । सो स्पर्धामा आर्मीकाक मोहन तामाङले काश्य पदक जिते । दुइ नम्बर प्रदेशका जैकी यादव र कर्णालीका दिपक शाहीले काश्य पदक जिते ।
७४ किलोमा नेपाल आर्मीका निसान श्रेष्ठले स्वर्ण पदक जिते । एपीएफका निरज देउवाले रजत तथा पुलिसका निश्चल श्रेष्ठ र एक नम्बर प्रदेशका नेत्र बहादुर कार्कीले काश्य पदक जिते ।
महिला तर्फ भने एपीएफ प्रभावकारी रह्यो । ६२ किलोमा एपीएफकी संगीता बस्याल पहिलो भइन् भने दुइ नम्बर प्रदेशकी सिबानी श्रेष्ठ दोश्रो तथा आर्मीकी मुस्कान कार्की र पुलिसकी कञ्चन थापा तेश्रो भए । ५७ मा एपीएफकी गीता विस्टले स्वर्ण जित्दा पुलिसकी सुस्मा श्रेष्ठले रजत तथा तीन नम्बर प्रदेशका सुस्मीता मोक्तान र दुइ नम्बर प्रदेशकी सुबिक्षा राइले काश्य पदक जिते ।
६७ किलोमा आर्मीकी नम्रता तुलाधर पहिलो तथा पुलिसकी सिता तामाङ दोश्रो भए । सो स्पर्धामा पाचँ नम्बर प्रदेशका राम रती धरेल र गण्डकी प्रदेशका ममता गर्वुजाले काश्य पदक जिते । ७३ किलोमा पुलिसकी सुमित्रा केसीले स्वर्ण,एपीएफकी अप्सरा कार्कीले रजत तथा कर्णालीकी इला केसी र आर्मीकी प्रतिज्ञा भण्डारीले काश्य पदक जिते ।

Comment