चन्द्रमाया र सुनिराको जोडी च्याम्पियन

फाइल तस्बिर चन्द्रमाया राइ

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत रुपन्देहीमा आयोजना भैरहेको सप्mट टेनिसको महिला डबल्स तर्फ प्रदेश नम्बर ३ ले स्वर्ण पदक जितेका छन् । शनिबार बुटवल देबिनगर स्थित लनटेनिस कोर्टमा सम्पन्न फाईनलमा प्रदेश ३ का सुनिरा थापा र चन्द्र माया राईको जोडीले प्रदेश ५ का रितिका चौधरी र आश्मा भुषालको जोडिलाई पराजित गरेका हुन् । चौधरी र भुषालले रजत पदक प्राप्त गरे भने गण्डकीका प्रिति बराल र श्रृष्टीका उदास तथा प्रदेश १का श्रृया योञ्जन र दर्जेया चौधरीको जोडिले काश्य पदक जितेका छन् ।
त्यसै गरी शनिबार सम्पन्न अन्य खेलमा पुरुष डबल्स तर्फको खेलमा प्रदेश १ का युकेश योञ्जन र आशिष बोहोराले प्रदेश ५का सुरज चौधरी र सुगम खनाललाई हराउदै फाईनलमा प्रबेश गरेका छन भने अर्को सेमिफाईनलमा नेपाल पुलिसका कमल भण्डारी र नव बहादुर लुंगेलीको जोडिले प्रदेश ३ का प्रदिप खत्री र ब्रिजेश पान्डेलाई हराउदै फाईनलमा स्थान सुरक्षित गरेका छन् ।
त्यसै गरी शनिबारनै सम्पन्न पुरुष एकल तर्फको सेमिफाईनलमा प्रदेश ३का प्रदिप खत्रीले प्रदेश १ का रमेश तामांगलाई हराउदै फाईनल प्रबेश गरेका छन् । खत्रीले फाईनलमा प्रदेश १का युकेश योञ्जन संग प्रतिष्पर्धा गर्नेछन् । त्यसै गरी महिला सिंगल तर्फ प्रदेश ३की चन्द्रमाया राईले प्रदेश १ की प्रिया योञ्जनलाई हराउदै फाईनल मा स्थान सुरक्षित गरेकी छिन भने अर्को सेमिफाईनलमा एपिएफकी भगवति बिकले प्रदेश ४की प्रिति बराललाई हराएर फाईनल पुगेकी छिन् । पुरुष सिंगल, डबल्स र महिला सिंगल्सको फाईनल १० गते हुनेछ भने अन्य बाकी खेलहरु आईतबारबाट हुनेछन् ।

Comment