पुम्सेमा कमलको प्रभाव,निमाको स्वर्ण यात्रा यथाबत

आठौ राष्ट्रिय खेलकुदमा नेपाल पुलिस क्लबका खेलाडी कमल श्रेष्ठले जारी आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दो खेलको पुम्से तर्फ शनिबार ३ स्वर्ण पदक जितेका छन् । भैरहवाको ब्याडमिन्टन कभर्डहलमा श्रेष्ठले पुम्सेको एकल, जोडी र टिम ईभेन्टमा स्वर्ण जित्दै जारी राष्ट्रिय खेलकुदमा सबैभन्दा बढी स्वर्ण जित्ने खेलाडी पनि बनेका हुन् ।
राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भैरहवामा जारी तेक्वान्दोको पुम्से बिधामा पुलिस क्लबले ४ स्वर्ण र १ रजत पदक जित्न सफल भएको छ । पुरुष एकलमा कमल श्रेष्ठ, महिला एकलमा पार्वती गुरुंग, जोडीमा कमल र पार्वतीले तथा कमल श्रेष्ठ, जित बहादुर बोट र प्रेम बहादुर लिम्बु सम्मिलित खेलाडीले टिमतर्फ स्वर्ण जितेका हुन् भने महिला तर्फको टिम ईभेन्टमा पार्वती गुरुंग, मिरा राना र निर्मला बिकको समहुले रजत पदक जितेका छन् । पुम्सेको महिला तर्फको टिम इभेन्टमा प्रदेश १ले स्वर्ण पदक जितेका छन् । तेक्वान्दोको पुम्से बिधाका सबै खेलहरु सकिएका छन् । अब स्पाईरींग तर्फका खेलहरु बाकी रहेका छन् । शुक्रबार महिला र पुरुष तर्फ २ तौल समुहमा भएको खेलमा २ स्वर्ण पदक टुंगो लागेको थियो । जसमा पुरुष तर्फ ५८ केजितलको तौल समुहमा आर्मीका ज्ञानेन्द्र हमाल र महिला तर्फको ५३ केजि तलको तौल समुहमा पुलिस क्लबकी निमा गुरुंगले स्वर्ण पदक जितेका थिए ।

Comment