एपीएफ र प्रदेश ३ सफल


बृहत् आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत भलिबल प्रतियोगिताको महिला स्पर्धामा एपीएफ र प्रदेश ३ ले जित निकालेका छन् । खजुरामा भएको खेलमा एपीएफले प्रदेश १ लाई २५–४,२५–९ र २५–१० को सोझो सेटमा हरायो । त्यस्तै प्रदेश ३ ल प्रदेश २ लाई २५–९,२५–७ र २५–१३ को सोझो सेट स्तब्ध बनायो । नेपाल प्रहरीले सुदूरपश्चिमलाई २५–४,२५–९ र २५–५ को सोझो सेटमा हराउदा गण्डकीले कर्णाली प्रदेशलाई २५–११,२५–१७ र २५–८ को सोझो सेटमा स्तब्ध बनायो ।
पुरुषतर्फ एपीएएफले प्रदेश ५ लाई २५–८,२५–२१ र २५–२२ को सोझो सेटमा हरायो । आर्मीले गण्डकी प्रदेशलाई २२–२५,२५–१८,२५–२१ र २५–१४ को सेटमा पराजित गर्यो । पुलिसले सुदूरपश्चिमलाई २५–१५,२५–१९ र २५–१७ को सोझो सेटमा हराउदा प्रदेश ३ ले कर्णाली प्रदेशलाई २५–१७,२५–१८ र ३०–२८ को सोझो सेटमा पराजित गरेको छ ।

Comment