एपिएफका दुवै जोडी मिश्रित युगल फाईनलमा

नेपाल एपिएफका दुवै जोडी आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा फाईनल प्रवेश गरेका छन् । एपिएफका पुजा श्रेष्ठ र दिपेश धामीको जोडी तथा जेशिका र गौतम सिंह कठायतको जोडी फाईनल प्रवेश गर्न सफल भएको हो । श्रेष्ठ र धामीको जोडीले सेनाका अमिता गिरी र नविन श्रेष्ठको जोडीलाई १६ –२१, २१ – ९ र २१ – ११ ले तथा गुरुङ्ख र कठायतको जोडीले सेनाकै अनुमाया राई र रत्नजित तामाङ्खको जोडी माथि १० – २१, २१ – १९, २१ – १७ को जित हात पार्दै उपाधी भिडन्तलाई आफ्नै क्लब विचमा राखे ।
यस्तै पुरुष एकल तर्फ पुरानै प्रतिद्वन्दिका विच उपाधीका लागि भिडन्त हुने भएको छ । सेनाका रत्नजित तामाङ्खले टिम प्रतिस्पर्धाको पुरुष एकलमा भएको हारको बदला लिंदै सुदूरपश्चिमाञ्चलका प्रिन्स दाहाललाई २१ – ११, २१ – ९ को सहज जित निकाल्दै आफ्नो उपाधी जोगाउने क्रममा चिरपरिचित प्रतिद्वन्दि एपिएफका दिपेश धामीसंग प्रतिस्पर्धा गर्ने भएका छन् । टिम प्रतिस्पर्धाको पुरुष एकलमा प्रिन्सले रत्नलाई माथ दिएका थिए । दिपेशले प्रदेश एक का पूर्व नम्बर १ खेलाडी विकास श्रेष्ठलाई २१ – ११, २१ – १५ ले हराए ।
दाङ्खको घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलको फाईनलमा सेनाका दुवै खेलाडी नङ्खशल देवी तामाङ्ख र रशिला महर्जनले प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो सेमिफाईनलमा नङ्खशलले प्रदेश १ की सिता राईलाई २१ – १७, २१ – ९ ले र रशिलाले आफ्नै क्लबकी अनुमाया राईलाई २१ – १७, २१ – १८ ले हराउँदै उपाधी नजिक पुगेका हुन् ।
पुरुष जोडी तर्फ एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीले एपिएफका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीलाई २१ – १३, २१ – १२ ले पराजित गर्दै सेनाका रत्नजित तामाङ्ख र नविन श्रेष्ठको जोडी संग भिडन्त पक्का गरे । तामाङ्ख र श्रेष्ठको जोडीले सेनाकै पविन लिनथेप र रुकेश महर्जनको जोडीलाई २१ – ११, २१ – १९ ले पराजित गरे ।
यसै गरि महिला युगल तर्फ पनि सेना र एपिएफकै भिडन्त हुने भएको छ । सेनाका नङ्खशल देवी तामाङ्ख र अनुमायाको जोडीले प्रदेश १ का सिता राई र सिमा राजबंशीको जोडी माथि २१ – १२, २१ – १८ को जित निकाल्दै फाईनलमा एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्ख संगको भेट पक्का गरेका हुन् । पुजा र जेशिकाको जोडीले सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीलाई २१ – १६, २१ – १८ ले पन्छाए ।

Comment