मनीता र उमेसलाई जिते स्वर्ण


आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १६ औं राष्ट्रिय जुडोको पहिलो दिन प्रहरीकी मनीता श्रेष्ठ प्रधानले स्वर्ण जितेकी छन् । महिला ५७ केजीमुनि फाइनलमा मनीताले प्रदेश ३ की कविता नेपालीलाई पराजित गरिन् । प्रदेश ३ की देवकीमाया श्रेष्ठ र गण्डकीकी सुमी थापा तेश्रो भए ।
महिला ४८ केजीमुनि प्रदेश ५ की सोनिया भट्टले एपीएफकी धनदेवी रोकायालाई हराउदै पहिलो भइन् । प्रदेश ५ की सारदाकुमारी खत्री र प्रहरीकी रत्ना तामाङ तेश्रो भए । ७० केजीमुनि प्रहरीकी निशा चौधरी पहिलो भइन् । फाइनलमा निशाले आर्मीकी विनिता मगर खत्रीको चुनौती पन्छाइन् । प्रदेश ३ की रञ्जना खड्का तथा आर्मीकी रचना श्रेष्ठ संयुक्त रुपमा तेश्रो बने ।
पुरुष ६० केजीमुनि प्रहरीका उमेर मगरले बाजी मारे । उनले फाइनलमा आर्मीका कर्मा तामाङलाई पन्छाए । एनआरएनका मोहन बम तथा प्रहरीका सुदेश दोङले तेश्रो स्थानमा चित्त बुझाए । ६६ केजीमुनि फाइनलमा प्रहरीका इन्द्रबहादुर श्रेष्ठले प्रदेश ३ का सुनील नगरकोटीमाथि जित दर्ता गर्दै स्वर्ण जिते । एपीएफका निर्दोष चलाउने तेश्रोमा सीमित भए ।
पुरुष ८१ क्ेजीमुनि आर्मीका पवनकुमरा श्रेष्ठ तथा १०० केजीमाथि प्रहरीका राजन जोशीले पहिलो स्थान कब्जा गरे । फाइनलमा पवनले प्ररहीका मनीष महतो तथा राजनले प्रणितसिंह ठकुरीलाई पाखा लगाए । ८१ केजीमा एपीएफका लेलिन डंगोल र प्रदेश २ का गुड्डुकुमार सकानु तथा १०० केजीमाथि सुदूरपश्चिम प्रदेशका आशिष ओझा तेश्रो स्थानमा रहे ।

Comment