गोदावरी नेट च्याम्पियनसीप सम्पन्न

आयोजक नमुना खेलकुद क्लबले फुटबलमा पाएको सफलतासंगै गोदावरी नेट च्याम्पियनसीप सम्पन्न भएको छ । अन्तिम दिन भएको पुरुष फुटबलको फाइनलमा नमुनाले टाइम्स डाइमन्ड क्लबलाई १–० ले पराजित गर्दै उपाधि जित्न सफल भयो । नमुनाका पासाङ लामा उत्कृष्ट खेलाडी घोषित भए ।
पद्म कन्या स्कुललाई सोही अन्तरले हराउदै ललीतपुर फुटबल एकेडेमी महिला तर्फ पहिलो भयो राष्ट्रिय युथ उमेर समुह टोलीकी सदस्य समेत रहेकी झरना नगरकोटी उत्कृष्ट खेलाडी भइन् । नागदरहलाई २–१ ले पराजित गर्दै बुद्धशान्ती क्लबले १५ बर्ष मुनीको समुहमा पहिलो स्थान पायो । सुबास तामाङ उत्कृष्ट खेलाडी भए । खुल्ला महिला ह्यान्डबलमा नमुना क्लब जोसेफ स्कुल कपनलाई हराउदै पहिलो भयो । विजयी टोलीकी संगीता श्रेष्ठ उत्कृष्ट खेलाडी भइन् । पुरुष १५ बर्ष मुनीमा भने नमुनालाई हराउदे जोसेफ पहिलो भयो । उपविजयी टोलीका पासाङ उत्कृष्ट खेलाडी भए ।
विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी गोदावरी नगरपालीकाका मेयर गजेन्द्र मर्हजन, वडा नम्बर ३का वडा अध्यक्ष बालमुकुन्द घिमिरे, नेपाल ह्यान्डबल संघका महासचिव सन्देश रेग्मी,, कराते प्रशिक्षक चिन लामा र आयोजक सस्थाका प्रमुख डम्बर लामा लगायतले पुरस्कार प्रदान गरे ।

Comment