केएनपी राष्ट्रिय महिला भलिबलमा द रिगल इंकको साथ

पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई द रिगल इंकले साथ दिने भएको छ । बुधवार द रिगल इंकका निर्देशक आशुतोष अग्रवाल र प्रतिष्ठानकी उपाध्यक्ष सिता खड्काबीच सम्झौता भएको छ । दरवारमार्क स्थित द रिगल इंकले उपाधि बिजेता टिमका सदस्यलाई ४ लाख ५६ हजार बराबरको १६ जोर सुटपिस उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । द रिगल इंकका निर्देशक अग्रवालले खेलाडीकोे हौसला बढोस् भन्ने उद्देश्यले सस्थाबाट सानो प्रयास गरेको हो । उनले भने राष्ट्रिय खेल भलिबलसँग जोडिन पाउदा हाम्रो संस्था गौरान्बित भएको छ । शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले प्रतियोगिता बैशाख १४ देखि १७ सम्म संचालन हुने जानकारी गराए । उनले भने–आठौं राष्ट्रिय खेलकुदको मितिसँग मेल खाएकाले पूर्व घोषित मिति परिवर्तन गरिएका हौं । जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता बिजेताले २ लाख,उपबिजेताले १ लाख र तेश्रो हुनेले ५० हजार नगद प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५÷१५ हजार प्राप्त गर्ने छन् । बिद्यागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर,बेष्ट सर्भर र बेष्ट कोचले जनहि ७ हजार नगद प्राप्त गर्ने छन् । पाँचौ संस्करणमा प्रतियोगिताको प्रत्येक खेलको वमन अफ द म्याचले नगद ५ हजार प्राप्त गर्ने छन् ।

Comment