केसी सम्मानित

नेपाल कराते महासंघका महासचिव हरिशरण केसी शनिबार सम्मानित भएका छन् । केसीलाई नेपाल वादोरियो कराते डो संघअन्तर्गतको ब्ल्याक वेल्ट कमिटीले सम्मान गरेको हो ।
फागुन १५ गते अस्तित्वमा रहेका दुई कराते महासंघलाई पुनर्गठन गरी एकीकरण गरिएपछि केसीले पुनः महासचिवको जिम्मेवारी पाएका थिए । एकीकरण अघि केसी राष्ट्रिय मान्यता प्राप्त कराते महासंघका महासचिव नै थिए ।
ब्ल्याक वेल्ट कमिटीका अध्यक्ष सूर्य राईलगायतले केसीलाई खादा र फुलमाला लगाइ कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए । केसी वादोरियो कराते संघका अध्यक्ष पनि हुन् । सम्मान कार्यक्रमबीच नेपाल कराते महासंघको संशोधन गर्न लागिएको विधानमा वादोरियो कराते संघबाट सुझाव दिन छलफल कार्यक्रम पनि आयोजना गरिएको थियो ।

Comment