ताप्लेजुङमा राष्ट्रिय च्याम्पियन सम्मानीत हुने

तेश्रो थेचम्बो याङवारक अन्तराष्ट्रिय खुला चेस प्रतियोगिता ९ देखि १४ बैशाखसम्म ताप्लेजुङको पाथीभरा याङवारक थेचम्बोमा आयोजना हुने भएको छ । थेचम्बो याङवारक चेस एसोसीसन र ताप्लेजुङ जिल्ला बुद्धीचाल संघका आयोजनामा हुने प्रतियोगिताको पुरस्कार राशी ५ लाख १ हजार ५ सय रुपैया रहेको छ ।
प्रतियोगिताको दौरान नेपालका राष्ट्रिय च्याम्पियनहरुको सम्मान कार्यक्रम पनि आयोजना हुने आयोजक कमिटकिा प्रमुख राजकुमार मेयाुङवोले जानकारी दिए । फीडे आर्बीटर भवानी लिम्बुको नेतृत्वमा रहने प्राबीधीक टोलीले प्रतियोगिता सञ्चालन गर्ने छ । प्रतियोगिताको उपाधि विजतोले ५० हजार, उपविजेताले ३५ हजार तथा तेश्रो हुनेले ३० हजार रुपैया पुरस्कार पाउने छन् । यसैगरी, चौथो हुनेले २१ हजार ,पाचौ हुनेले २० हजार र छैटौ हुनेले १९ हजार रुपैया पुरस्कार पाउने छन् । यसैगरी, सातौले १८ हजार, आठौले १७ हजार, नवौले १६ हजार तथा १० औ हुनेले १५ हजार रुपैया पुरस्कार पाउने छन् । ११ औ देखि १५ औ हुनेले १२ हजार रुपैया पाउने छन् ।
क्याटोगोरी पुरस्कार तर्फ प्रदेश एकको शिर्ष तिन स्थान पाउने खेलाडीले १० हजार, सात हजार र ६ हजार रुपैया पुरस्कार पाउने छन् । महिला तर्फ शिर्ष तीन खेलाडीले ९ हजार,६ हजार र ५ हजार रुपैया तथा भेट्रान तर्फ पनि शिर्ष तीन खेलाडीले सोही रकम बराबरको पुरस्कार पाउने छन् । यु–१६ तर्फका शिर्ष तीन खेलाडीले १० हजार, ७ हजार तथा ५ हजार रुपैया पुरस्कार पाउने छन् । ताप्लेजुङका शिर्ष तीन खेलाडीले १० हजार, ७ हजार र ६ हजार रुपैया पुरस्कार पाउने छन् । याुङवारक उत्कृष्टले पनि सोही रकम बराबरको पुरस्कार पाउने छन् ।
उत्कृष्ट थेचम्बो तर्फ शिर्ष ५मा रहने खेलाडीले ६ हजार, ५ हजार, ४ हजार ३ हजार र २ हजार रुपैया पुरस्कार पाउने छन् । अनरेटेड तर्फ शिर्ष तीन स्थान पाउने खेलाडीले ९ हजार, ६ हजार र ५ हजार रुपैया पुरस्कार पाउने छन् । १५ सय मुनी रेटिङको उत्कृष्टले ८ हजार, १७सय मुनी रेटिङको उत्कृष्टले ८ हजार र १९ सय मुनी रेटिङको उत्कृष्टले पनि ८ हजार रुपैया नै पुरस्कार पाउने छन् । अनुशाषित खेलाडीले ५ हजार र ३ हजार रुपैया पुरस्कार पाउने छन् । राइजिङ खेलाडीको पुरस्कार २ हजार, १ हजार ५ सय र १ हजार रुपैया राखिएको छ । प्रतियोगिता स्वीस लिगको आधारमा नौ चरणको हुने छ । प्रतियोगिताको मुख्य प्रायोजक पाथीभरा याङवरक गाउपालीका रहेको छ ।

Comment