अप्रिलमा दक्षिण एसियाली कराते हुने

आगामी १ र २ अप्रिलमा जीबीएचएस कप दक्षिण एसियाली आमन्त्रण कराते च्याम्पियनसीप हुने भएको छ । सात देशका टोली सहभागि हुने प्रतियोगितामा ३८ स्पर्धा समाबेश गरिएको छ । गुह्ेश्वरी बोर्डीङ स्कुलको आयोजनामा हुने सो प्रतियोगितामा पेम्बा तामाङले प्राबीधीक टोलीको नेतृत्व गर्ने छन् । प्रतियोगिता संयोजक सानुबाबु गीरीले दिएको जानकारी अनुसार आयोजक विद्यालयकै प्रांगणमा हुने प्रतियोगितामा पहिलो दिन नेपालको छनोट खेल हुने छ भने दोश्रो दिन दक्षिण एसियाली खेल हुने छ ।

Comment