केएनपी जापान र शेरवहादुर खड्का प्रतिष्ठानबीच सम्झौता


शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई केएनपी जापानले मख्यु प्रायोजन गरेको छ । आईतवार केएनपी जापानका नेपाल प्रमुख मनोजकुमार मिश्र र प्रतिष्ठानकी संरक्षक गमली खड्काबीच सम्झौता–पत्र आदान–प्रदान भएको छ । जापानको नम्वर वान पेन्ट बहुराष्ट्रिय कम्पनी केएनपी जापानका नेपाल प्रमुख मिश्रले सम्भौता पछि समाजलाई एकतामा बाध्ने खेलकुद क्षेत्रमा कम्पनी जोडिन पाउदा खुसी लागेको बताए ।
सम्झौता पश्चात प्रतियोगिता पाँचौ केएनपी राष्ट्रिय महिला भलिबलको नामले संचालन हुनेछ । नेपालको राष्ट्रिय खेल भलिबल घोषणा भए देखिनै लगातार तेश्रो पटक मुख्य प्रायोजकको जिम्मेवारी सम्हालेको केएनपी जापानले आपसी समझदारीमा नगद,मञ्च ब्यवस्थापन,होडिङ बोर्ड,तुल–ब्यानरलगायत फुटकर खर्चमा आयोजकसँग सहकार्य गर्ने सम्झौतामा उल्लेख छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्दले नेपाली भलिबलको बिकास र बिस्तारमा कर्पोरेट क्षेत्रको महत्वपूर्ण भूमिका रहेदै आएको जानकारी गराए ।
राष्ट्रिय खेलकुद परिषद्को सहयोग र नेपाल भलिबल संघको प्राबिधिक सहयोगमा १० देखि १३ बैशाखसम्म संचालन हुने प्रतियोगितामा साबिक बिजेता एपीएफ, होङगान्जी न्युडायमण्ड,नेपाल पुलिस,नेपाल आर्मी,पश्चिमाञ्चल र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रले लिगकम नकाउटका आधारमा प्रतिस्पर्धा गर्ने छन् । चौथो संस्करणमा भन्दा बृद्धि गरिएको नगद पुरस्कारमा बिजेताले २ लाख,उपबिजेताले १ लाख,तृतिय हुने टिमले ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५÷१५ हजार प्राप्त गर्ने छन् । बिद्यागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर,बेष्ट सर्भर र बेष्ट कोचले जनहि ५ हजार नगद प्राप्त गर्ने छन् । यस पटक प्रतियोगिताको प्रत्येक खेलको वमन अफ द म्याचलाई नगद ५ हजार सहित आर्कषक ट्रफिले पुरस्कृत गर्ने भएका छ । प्रतियोगितामा सहभागि जनाउने उपत्यका बाहिरका सहभागि टिमका हकमा प्रतिष्ठानले यातायत र खाना–बसोबसको ब्यवस्था गर्ने छ । प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय हुने खेलाडी,प्रशिक्षक,ब्यवस्थापक र अन्य टिमका ३ टिमका प्रशिक्षक टिम कप्तान र ब्यवस्थापकको लागि फाईनल खेल पश्चात अन्नपूर्ण होटल,दरवार मार्गले रात्री भोजको सौजन्य गरेको छ । खेलाडीलाई प्रोत्सहन स्वरुप प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्मृति स्पेशल अवार्ड बिजेतालाई सुलक्स सेन्टरबाट ३०÷३० हजार बराबरको टिसट घडी उपलब्ध गराउने छ । साथै दरवार मार्ग स्थित द रिगल ईकले प्रथम हुने टिमका सम्पूर्ण सदस्यलाई १५ थान सुट पिस सौजन्य गर्ने भएको छ । त्यस्तै प्रतियोगिताको उदयमान खेलाडी तथा शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेता खेलाडीद्धयले बुद्ध एयरबाट सौजन्य गरिएको माउण्टेन फ्लाईट टिकट प्राप्त गर्ने छन् । चार दिने प्रतियोगिताको अनुमानित बजेट २१ लाख रहेको छ । त्रिपुरेश्वर स्थित कभर्डहल निर्माणधिन अवस्थामा भएकाले खेल स्थल भने आगमी पत्रकार सम्मेलनमा घोषणा गरिने आयोजकले जानकारी गराएको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का,उपाध्यक्ष सिता खड्का,नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी मालीलगायतको उपस्थिति रहेको थियो ।

Comment