महिला फुटबल टोलीको छनोट


अर्को साता बिराटनगरमा सुरु हुने दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसीपका लागि नेपाली टोलीका प्रशिक्षक हरि खड्काले टोलीको घोषणा गरेका छन् । भारतमा सम्पन्न हिरो कपमा टोलीमा रहेका अनु लामा, बिमला चौधरी र सुनिता चौधरी यस पटक टोलीमा छैनन् । घोषितटोलीको गोलरक्षकमा अन्जना राना मगर,उषा नाथ र एन्जीला सुब्बा छन् । रक्षापक्तिमा हिरा कुमारी भुजेल,गीता राना,पुनम गर्जा मगर,अमृता जैसी,कबिता धीमाल,पुजा राना र मनमाया लीम्बु छन् । मिडफील्डमा अनिता बस्नेत,दिपा राइ, मन्जली कुमारी योञ्जन,सर्मीला थापा, सरु लीँम्बु,रेनुका नगरकोटी र अनिता केसी छन् । फरवार्डमा रेखा पौडेल, निरु थापा र सावित्रा भण्डारी छन् ।

Comment