समृद्धि कप उपाधि निष्टलाई


निष्ट कलेजले प्रथम समृद्धि कप अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ । फाईनल खेलमा लैनचौरको (नेशनल स्कुल अफ साईन्स)निष्टले किर्तिपुरको पुष्पसदन कलेजलाई टाईब्रेकरमा ३–२ को गोल अन्तर हराउदै उपाधि जितेको हो । निष्टको जितमा साङदुप लामा धिसिङ,मनिस पाण्डे र सिराज चौलागाईको प्रहार गोलमा परिणत गरे । पुष्प सदनका प्रवेश मल्ल ठकुरी र प्रजेश श्रेष्ठको प्रहार गोलमा परिणत भएको थियो मनिस तामाङले गोल गर्न चुके पछि उपाधिबाट बन्चित भएको थियो । सेमिफाईनल खेलबाट निष्टले ग्रिनफिल्डलाई तथा पुष्प सदनले एन्जल्सहार्टलाई हराउदै फाईनल प्रवेश गरेका थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका पुष्प सदनका प्रजेन्स श्रेष्ठले सर्वोकृष्ट खेलाडीको उपाधि जिते भने निष्टका मनिस पाण्डे हाईस्कोरर तथा रोहन लावत उत्कृष्ट गोलकिप्पर चुनिए । एक दिने प्रतियोगिताका बिजेता टिम तथा खेलाडीलाई आयोजक कलेजका कार्यकारी प्रमुख(सिईओ) नरेशप्रसाद श्रेष्ठ,निर्देशकद्धय नारायणकृष्ण महर्जन,राजेन्द्र श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए ।

Comment