जीएफएमा हरि उत्कृष्ट प्रशिक्षक, स्टार गोलरक्षकहरुको सम्मान

ग्रासरुट फुटसल एकेडेमीले नेपाली फुटबलका तीन जना गालेरक्षकलाई सम्मान गरेको छ । सम्मानीत हुनेमा राष्ट्रिय टोलीका पूर्व कप्तान उपेन्द्र मान सिंह, राष्ट्रिय टोलीमा रहेका किरण चेम्जोंग र च्यासल युथ क्लबका गोलरक्षक सम्मानीत भएका हुन् । चौथो इन्टर स्कुल जीएफएक कप फुटबल प्रतियोगिताको अबसरमा उनीहरुलाई सम्मान गरिएको हो ।


प्रतियोगिता अन्तरगत यु–१० स्पर्धामा संस्कृती स्कुललाई १–० ले हराउदै जोनदेवी स्कुलले उपाधि हात पारेको छ । सो स्पर्धामा जोनदेवीका योङदेन लामा उत्कृष्ट खेलाडी भए । सोही टोली हातमा उत्कृष्ट गोलरक्षकको अवार्ड पनि हात पार्न सफल भयो । यु–१२ स्पर्धामा भने काष्ठमण्डप स्कुललाई ६–४ ले हराउदैले हराउदै काठमाडौं प्रज्ञा कुञज च्याम्पियन बन्न सफल भयो । काष्ठमण्डपका प्रसान्त लिम्बु उत्कृष्ट खेलाडी भए । काष्ठपण्डपका गोलरक्षकनै उत्कृष्ट गोलरक्षक भए ।
सोही अबसरमा किरणले जीएफए अवार्ड २०१८ पनि प्रदान गरे । हरि लामा ५ हजार रुपैया सहित उत्कृष्ट प्रशिक्षक भए । स्कीलफुल खेलाडी जितन बराल , मस्ट पपुलर खेलाडी सुयन्स मानन्धर,बेस्ट गोलकिपर सुगत श्रेष्ठर सन्तोष महत,अन्तराष्ट्रिय फ्रेन्डसिपमा रजत श्रेष्ठ तथा डिफेन्समा प्रजोसन श्रेष्ठ,अनुशाषनमा अस्रय र सायन बस्नेतले अवार्ड पाए । यसैगरी,बेस्ट परर्फमेन्समा टासी शेर्पा र डेडिकेटेड अभिभावक जनार्दन सिटौलालेले अवार्ड पाए ।

Comment