नमुनादिप, शान्तीदिप,एक नम्बर प्रदेश र गण्डकी प्रदेश सेमिफाइनलमा

गण्डकी प्रदेश, शान्तीदिप युवा क्लब, एक नम्बर प्रदेश र नमुना दिप युवा क्लब र मन्थली मेयर कप रामेछाप सिभिल भलीबल च्याम्पियनसीपको सेमिफाइनलमा प्रबेश गरेका छन् । सेमिफाइनल प्रबेश गर्ने क्रममा नमुनादिपले जावलाखेल भलीबल ट्रेनिङ सेन्टरको प्रभाव रहेको तीन नम्बर प्रदेशलाई २५–११,३३–३१,१७–२५,२५–२१,ले पराजित गरेको हो । तेश्रो दिनको खेल सकिदासम्म तीन सेटमा खेल नसकिएको यो नै एउटा खेल हो । अन्य सबै खेलहरु सोझो सेटमा सकिएका छन् । नेपाल पुलिस क्लबका कुल बहादुर थापाको उपश्थिीतीमा पहिलो सेटमा बलियो देखिएको नमुनादिपको विरुद्धमा दोश्रो र तेश्रो सेटमा तीन नम्बर प्रदेशले राम्रो प्रदर्शन गरेको थियो । सो टोलीका भरत घिमिरे दुवै सेटमा छाएका थिए । सेमिफाइनलमा नमुनादिपले शान्तीदिपसंग खेल्ने छ । शान्तीदिपले क्वार्टरफाइनलमा कर्णाली प्रदेशलाई २५–१५,२५–१२,२५–१३ ले हरायो ।
गण्डकी प्रदेशले क्वार्टरफाइनलमा दुइ नम्बर प्रदेशलाई २५–१९,२५–१६,२५–१४ले हराउदै सेमिफाइनलमा प्रबेश ग¥यो । गण्डकीले सेमिफाइनलमा एक नम्बर प्रदेशसंग खेल्ने छ । बिहिबार भएको क्वार्टरफाइनलमा एक नम्बर प्रदेशले प्याराडाइज युथ क्लबलाई २५–२१,२५–२१,२५–२३ ले हरायो । सेमिफाइनलका दुवै खेल शुक्रबार हुने छ ।
रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनामा सञ्चालीत प्रतियोगिता शनीबार सम्पन्न हुने छ । प्रतियोगितामा मन्थली नगरपालीका मुख्य प्रायोजक तथा मुख्य सह आयोजक रहेको छ । यसैगरी, रामेछाप नगरपालीका,ु सुनापती गाउँपालीका, खाँडाँदेवी गाउँपालीका,लिखु तामाकोसी गाउँपालीका, उमाकुण्ड गाउँपालीका, गोकुलगंगा गाउँपालीका र दोरम्बा गाउपालीका सहआयोजक रहेका छन् ।
कुल ७ लाख २५ हजार पुररस्कार राशी रहेको प्रतियोगितामा ६ प्रादेशीक टोली सहित रामेछापका तीन सहित टोलीको सहभागिता रहेको छ । रामेछापका नमुनादीप युवा क्लब, शान्तीदीप युवा क्लब र प्याराडाइज युवा क्लबको सहभागिता रहेको छ । प्राय सबै टोलीमा राष्ट्रिय स्तरमा परिचित खेलाडीहरु रहेका छन् । गत सस्करणमा सुदुर पश्चिमको टोलीले उपाधि जितेको थियो भने शान्तीदिप युवा क्लब उपविजयी भएको थियो ।

Comment