नेपाल च्याम्पियन

ph

बालाजु कराते एकेडेमीको प्रभाव रहेको नेपाली टोलीले धनगढीमा सम्पन्न पाचौ अन्तराष्ट्रिय खुला कराते प्रतियोगिताको उपाधि जितेको छ । उपाधि जित्ने क्रममा नेपालले २० स्वर्ण पदक जित्यो । दोस्रो भएको भारतले नौ स्वर्ण पदक जित्यो । बंगलादेशले तीन, भुटानले दुइ र पाकिस्तानले एक स्वर्ण पदक जिते । नेपालले हात तपारेको मध्य ११ स्वर्ण पदक बालाजुका खेलाडीले जितेका थिए । प्रतियोगितामा भारत दोस्रो र बंगलादेश तेस्रो भयो । पुरुष तर्फ नेपालका अरुण कुबर तथा महिला तर्फ भारतकी अकुमेन्ला इम्चेन उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई प्रमुख अतिथी एमालेका केन्द्रिय सदस्य तथा पूर्व उधोग मन्त्री  कर्ण थापा लगायतले पुरस्कार वितरण गरे । थापाले आफू  विगतमा कराते खेलाडी भएको सस्मरण गर्दै यो प्रतियोगिता आयोजना गरेर सुदुर पश्चिमाञ्चल गोजुरियो कराते संघले कराते विकासमा ठूलो योगदान गरेको चर्चा गरे ।
आयोजक सस्थाका प्रुमख पूर्व सभाषद् नारद मुनी रानाले आयोजना सुदुर पश्चिमकै लागि महत्वपूर्ण भएको चर्चा गरे । दुइ दिने प्रतियोगितामा ६ देशका ३ सय ८० जना खेलाडी थिए ।

Comment