नमुनादिप, शान्तीदिप र गण्डकी प्रदेश समुहमा पहिलो

गण्डकी प्रदेश, शान्तीदिप युवा क्लब र नमुना दिप युवा क्लब समुहमा पहिलो स्थान प्राप्त गर्दै मन्थली मेयर कप रामेछाप सिभिल भलीबल च्याम्पियनसीपको क्वार्टरफाइनलमा प्रबेश गरेका छन् । गण्डकी प्रदेशले बुधबार सम्पन्न दुवै खेलमा जित हात ग¥यो । पहिलो खेलमा तीन नम्बर प्रदेशलाई २६–२४,२५–९,२५–१९ले पराजित गरेको हरी पाण्डेको नेतृत्वमा रहेको गण्डकी प्रदेशले सात नम्बर प्रदेशलाई २५–१८,२५–२०,२५–१९ले हराउदै समुह कमा पहिलो स्थान हात पारेको हो । सात नम्बर प्रदेश प्रतियोगिताबाट बाहीरिएको छ । समुहघको खेलमा शान्तीदिपले प्याराडाइजलाई २५–१९,२५–१८,२५–१७ ले हरायो । समुहगको खेलमा नमुनादिपले दुइ नम्बर प्रदेशलाई २५–१९,२५–२३,२५–१२ले हरायो ।
बिहिबार हुने क्वार्टरफाइनल खेलमा गण्डकी प्रदेशले दुइ नम्बर प्रदेश,शान्तीदिपले कर्णलीप्रदेश, नमुनादिपले तीन नम्बर प्रदेश तथा प्याराडाइजले एक नम्बर प्रदेशको सामना गर्ने छन् ।
रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनामा सञ्चालीत प्रतियोगिता शनीबार सम्पन्न हुने छ । प्रतियोगितामा मन्थली नगरपालीका मुख्य प्रायोजक तथा मुख्य सह आयोजक रहेको छ । यसैगरी, रामेछाप नगरपालीका,ु सुनापती गाउँपालीका, खाँडाँदेवी गाउँपालीका,लिखु तामाकोसी गाउँपालीका, उमाकुण्ड गाउँपालीका, गोकुलगंगा गाउँपालीका र दोरम्बा गाउपालीका सहआयोजक रहेका छन् ।
कुल ७ लाख २५ हजार पुररस्कार राशी रहेको प्रतियोगितामा ६ प्रादेशीक टोली सहित रामेछापका तीन सहित टोलीको सहभागिता रहेको छ । रामेछापका नमुनादीप युवा क्लब, शान्तीदीप युवा क्लब र प्याराडाइज युवा क्लबको सहभागिता रहेको छ । प्राय सबै टोलीमा राष्ट्रिय स्तरमा परिचित खेलाडीहरु रहेका छन् । गत सस्करणमा सुदुर पश्चिमको टोलीले उपाधि जितेको थियो भने शान्तीदिप युवा क्लब उपविजयी भएको थियो ।

Comment