एक नम्बर र तीन नम्बर प्रदेशको विजयी सुरुवात

मन्थली मेयर कप रामेछाप सिभिल भलीबल च्याम्पियनसीपमा प्रदेश नम्बर एकले विजयी सुरुवात गरेको छ । मंगलबार भएको प्रतियोगिताको उद्घाटन खेलमा एक नम्बर प्रदेशले कर्णाली प्रदेशलाई २५–१८,२५–२१,२५–२२ले पराजित ग¥यो । विजयी टोली समुहमा पहिलो भएको छ । अर्को खेलमा प्रदेश नम्बर३ ले प्रदेश नम्बर सातलाई २५–२३ ,२५–२१,२५– २३ ले हरायो ।
यस अघि प्रमुख अतिथी संघीय सांसद श्याम कुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा पूर्व सांसद देवशंकर पौडेल र तारा नारायण श्रेष्ठका साथै प्रदेश सभा सदस्य शान्ती प्रसाद पौडेल र मुख्य सहआयोजक मन्थली नगरपालीकाका प्रमुख रमेस कुमार बस्नेत बिशिष्ट अतिथीको रुपमा उपश्थित थिए । रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनामा सञ्चालीत प्रतियोगिता शनीबार सम्पन्न हुने छ । प्रतियोगितामा मन्थली नगरपालीका मुख्य प्रायोजक तथा मुख्य सह आयोजक रहेको छ । यसैगरी, रामेछाप नगरपालीका,ु सुनापती गाउँपालीका, खाँडाँदेवी गाउँपालीका,लिखु तामाकोसी गाउँपालीका, उमाकुण्ड गाउँपालीका, गोकुलगंगा गाउँपालीका र दोरम्बा गाउपालीका सहआयोजक रहेका छन् ।
कुल ७ लाख २५ हजार पुररस्कार राशी रहेको प्रतियोगितामा ६ प्रादेशीक टोली सहित रामेछापका तीन सहित टोलीको सहभागिता रहेको छ । रामेछापका नमुनादीप युवा क्लब, शान्तीदीप युवा क्लब र प्याराडाइज युवा क्लबको सहभागिता रहेको छ । प्राय सबै टोलीमा राष्ट्रिय स्तरमा परिचित खेलाडीहरु रहेका छन् । गत सस्करणमा सुदुर पश्चिमको टोलीले उपाधि जितेको थियो भने शान्तीदिप युवा क्लब उपविजयी भएको थियो ।

Comment