क्याटोगोरी सिमा विवेक पहिलो


नेपालका विवेक थिङ मस्को ओपन बुद्धिचाल प्रतियोगिता क्याटोगोरीसीमा पहिलो भएका छन् । उनले नवौं चरणको खेलमा रुसका भिटाली रेडचेन्कोभो(२२९६)संग बराबरी गरेका थिए । शिर्ष बरियताका खेलाडी विवेकले कुल ८ अंक जोडे । प्रतियोगितामा रुसका रेडचेन्कोभो दोस्रो तथा रुसकै अभैजान जर्जीयो तेस्रो स्थान रहे। विवेकले मकांकाल माबीका उत्पादन विवेक सुरुवाती दिनमा हिमाल लामाबाट प्रभावित थिए भने त्यस पछि सुरबीर लामा र केशब श्रेष्ठको प्रशिक्षणमा थिए । टाइम्स कलेजमा अध्ययन गरिरहदा नेपालका युथ च्याम्पियन बनेका उनी त्यस पछि गोल्डेनगेट कलेजमा अध्ययनरत थिए । उनले तेश्रो राष्ट्रिय टिम च्याम्पियनसीपमा मच्छिन्द्र क्लबको प्रतिनिधीत्व गरेका थिए ।

Comment