कराते खेलाडी विप्बल सम्मानीत


कठमाडौं बनस्थली अबश्थित हाइड एन्ड सिक किन्डर गार्डेनले आफ्नो बार्षिक अबसरमा यस बर्ष पनि राष्ट्रिय खेलाडीलाइ सम्मान गरेको छ । शनीबार भएको किन्डर गार्डेनको खेलकुद दिवसमा कराते स्टार विप्लबलाल श्रेष्ठ सम्मानीत भए । विप्लब पछिल्लो समय नेपाली करातेका स्टारको रुपमा उदय भएका छन् । श्रेष्ठलाई प्रधानाध्यापक कुमुद भट्ट, इन्दिरा गौतम , डा चन्डिका प्रसाद भट्ट र विद्यालयका खेलकुद प्रशिक्षक हरि तामाङले सम्मान गरेको छ ।
खेलकर्मीले अनुशाषित समाज निर्माण र सभ्य नागरीक उत्पादनमा गरेको योगदानलाई मनन गर्दै यो कार्यक्रम गरिएको खेलकुद प्रशिक्षक हरिले जनाए ।

Comment