बिनोद र गजेन्द्रको प्रशिक्षणमा नेपाली टोलीको सफलता


युएइको सारजाहमा भएको १५ औ जेकेएस कराते प्रतियोगितामा नेपाली टोली १३ स्वर्ण र एक रजत पदक सहित सिनीयर तर्फ पहिलो हुन सफल भएको छ । भेट्रान ८४ किलोमा टोलीको प्रशिक्षक सहित रहेका विनोद शाक्यले स्वर्ण पदक जिते । गगन पुनले भेट्रान ६७ किलो तथा पाल्मो लामाले जुनियर महिलाको ३५ किलो र जुनियर महिला कातमास्वर्ण पदक जिते । सुजन श्रेष्ठले ५५ तथा फीन्चोक लामाले ५० किलोमा स्वर्ण पदक जितेका थिए । लक्ष्मण तामाङले ६० र राम तामाङले ६७ किलोमा सफलता पाए । रोहीत बुढाथोकीले ६७ मा रजत जिते भने सुसील पौडेलले पनि स्वर्ण पदक जिते ।
कृष्ण विष्टले ७४, सागर शाहीले ८४ तथा दिगम्बर पन्तले ८४ किलो भन्दा माथिको समुहमा स्वर्ण पदक जिते । सोही प्रतियोगितामा भएको च्याम्पियन अफ च्याम्पियन स्पर्धामा राम दोश्रो तथा दिगम्बर तेश्रो भए । रामले १००० रियाद पुरस्कार पाए । एक दिने प्रतियोगितामा नेपाल लगायत फीलीपीन्स,केन्या, अल्जेरिया, भारत, नाइजेरिया र युएइको सहभागिता थियो । प्रतियोगितामा नेपाली टोलीको प्रशिक्षणको जिम्मेवारी बिनोद र गजेन्द्र साउदले सम्हालेका थिए ।
बिनोदको प्रशिक्षणकै कारण नेपालको बर्तमान राष्ट्रिय टोलीमा धेरै प्रबेश पाउन सफल भएका छन् । साथै उनी आर्मी क्लबको प्रशिक्षकको रुपमा विगतमा गर्व गर्न लायक छबी बनाएका थिए । नेपालका सृजना अधीकारी र हिरादेवी राइले रेफ्रिको भुमिका निर्वाह गरेको सो प्रतियोगितामा गणेश अर्यालले मेनेजर थिए ।

Comment