मनिष र मोनिका उत्कृष्ट


चौथो उपत्यकाव्यापी अन्तर विद्यालय वादो कराते प्रतियोगितामा पुरुष तर्फ विद्यासागर बोर्डिङ्ग स्कुलका मनिष गुरुङ र महिला तर्फ ग्लोबल भिजन स्कल तथा एकेडेमीका मोनिका राई उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । ग्लोबल भिजन स्कलर एकेडेमी, नागर्जुनको आयोजनामा सम्पन्न भएको उक्त प्रतियोगितामा उदीयमान खेलाडीमा महिला तर्फ एस्टर एकेडेमी, ईमाडोलका निमा लामा र पुरुष तर्फ क्रेसेन्ट एकेडेमी, गोदावरीका घ्याल्चेन स्याङतान हुन सफल भएको छ । आई. डब्लुएफएन कराते डो संघ आबद्ध उपत्यका भित्रका ११ विद्यालयहरुका १ सय ४४ जना खेलाडीहरुको सहभागीता रहेको प्रतियोगितामा ५ स्वर्ण र ३ कास्य सहित ब्लू बर्ड स्कुल, ठैब टिम च्याम्पियन भयो । ४ स्वर्ण २ रजत सहित पथ प्रदर्शक स्कुल, बडिखेल द्वितीय र ३ स्वर्ण ५ रजत र ११ कास्य सहित आयोजक ग्लोवल भिजन स्कलर एकेडेमी , नागर्जुन तृतीय हुन सफल भएका छन् । प्रतियोगितामा विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि नागर्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत, विशेष अतिथि उपमेयर सुशीला अधिकारी, ग्लोबल भिजन स्कलर एकेडेमीका प्रिन्सिपल हिरालाल खनाल लगायतका अतिथिहरुले पुरस्कार प्रदान गरे ।

Comment