कराते टोली युएइ जाने


जेकेएस कप कराते प्रतियोगितामा सहभागी हुन राष्ट्रिय सोतो कराते डो संघ नेपालको ११ खेलाडीसहित १७ सदस्यीय टोली बिहीबार युएइको सार्जाह जाने भएको छ ।
फ्रेब्रुअरी १ तारिखमा हुने प्रतियोगितामा गगन पुन, डिगम्बरप्रसाद पन्त, राम तामाङ, लक्ष्मण तामाङ, सागर शाही, सुशील पौडेल, कृष्ण विष्ट, रोहित बुढाथोकी, सुजन श्रेष्ठ, फिन्चोक दोर्जे लामा र पाल्मो लामाले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षकमा गजेन्द्र साउद र विनोद शाक्य गुभाजु, व्यवस्थापकमा सिर्जना ढुंगाना र गणेशप्रसाद अर्याल तथा निर्णायकमा सिर्जना अधिकारी र हीरादेवी राई छन् । टोलीलाई सफलताको शुभकामना दिदै पूर्व मन्त्री लेखराज भट्टले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment