दिलिप स्मृति च्याम्पियन


दिलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङले प्रथम पायोनियर काठमाडौं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
पायोनियर पब्लिक स्कुल, एकता तेक्वान्दो डोजाङ र बृहत विकास वचत तथा ऋण सहकारी संस्थाद्वारा संयुक्त आयोजित प्रतियोगितामा दिलिप स्मृतिले ४ स्वर्ण, ४ रजत र १ कांस्य जित्दै टिम च्याम्पियन बन्यो । ४ स्वर्ण, २ रजत र ३ कांस्यसाथ आयोजक मध्येको एक पायोनियर दोश्रो भयो । तेश्रो स्थानको नेप्लिज तेक्वान्दो एकेडेमीले २ स्वर्ण र ३ कांस्य हात पा¥यो ।
कपनको आकाशेधारामा भएको प्रतियोगिताको पुरुषमा त्रिनेत्र स्कुलका सन्दिप तामाङ तथा महिलामा ज्ञानमालाकी सन्जिता तिमिल्सना उत्कृष्ट खेलाडी चुनिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य देवकुमार अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Comment