युएइमा खेलाडी तथा प्रशिक्षक संघलाई सफलता

बक्स अफिस इन्टरनेशनल ग्रुप र बक्स अफिस फिल्मी क्लब नेपालको आयोजनामा यूएईको दुबई स्थित साफा पार्कमा सम्पन्न बक्स अफिस च्याम्पियनशिप फुटबल २०७५ प्रतियोगितामा नेपाल खेलाडी तथा प्रशिक्षक संघ यूएईको टिम पहिलो भएको छ । प्रतियोगितामा विजयी खेलाडी तथा प्रशिक्षक संघ सहित एनआरएन युएइ,बक्स अफीस नेपाल,आइएनएएस युएइ र कास्की समाज युएइको सहभागिता थियो । प्रतियोगितामा एनआरएनले कास्कीलाई १–०ले तथा खेलाडी तथा प्रशिक्षक संघले आइएनएएसलाई टाइब्रेकरमा ५–३ ले हराउदै फाइनल प्रबेश गरेका थिए । फाइनलमा एनआरएनलाई १–०को जित सहित खेलाडी तथा प्रशिक्षक संघ उपाधि जित्न सफल भयो ।

Comment