बंगलादेशमा नेपाली कराते टोलीलाई सफलता


बंगलादेशमा जारी अन्तराष्ट्रिय आमन्त्रण कराते प्रतियोगितामा नेपाल पहिलो भएको छ । नेपालले १५ स्वर्ण पदक जितेको छ । बंगलादेशबाट नेपाल गोजुरियो कराते संघका सचिव सानुबाबु गीरीले दिएको जानकारी अनुसार ब्यक्तिगत जुनियर कातामा पुरुष तर्फ सुजन कुमार पुरी र महिला तर्फ रेश्मा तामाङले स्वर्ण पदक जिते । सीनीयर कातमा पुरुष तर्फ रामकुमार गीरी र महिला तर्फ शारदा सुनारले स्वर्ण पदक जिते । राम कुमार गीरी, रुपेस श्रेष्ठ र कृतन मर्हजनको टोलीले पुरुष टिम कातामा स्वर्ण पदक जिते । रेश्मा , शारदा र अप्सरा लम्साल सहितको टोली महिला टिम कातामा स्वर्ण पदक जित्न सफल भयो ।
कुमुते तर्फ ४० किलो तौल समुहमा सन्तोष कुमार थारु,५० किलोमा बरुण तामाङ,५५ किलोमा राम कुमार गीरी,६० किलोमा रमेश घलान,६५मा आशिष कार्की र ६५ माथिमा रुपेस श्रेष्ठले स्वर्ण पदक जिते । यसैगरी, महिला तर्फ ४५ मा रेश्मा तामाङ र ५५ मा अप्सरा लम्सालले स्वर्ण पदक जिते । शारदा सुनारले पनि स्वर्ण पदक जितिन् । करिना पुरी र सुजन पुरीले काश्य पदक जिते ।

Comment