गोजुरियो टोली बंगलादेश जाने

बंगलादेश आमन्त्रण अन्तर्राष्ट्रिय गोजुरियो कराते प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली गोजुरियो कराते टोली बुधबार बंगलादेशको ढाका जाने भएको छ ।
खेलाडीमा रामकुमार गिरी, सुजनकुमार पुरी, सन्देशकुमार थारु, करिना पुरी, अप्सरा लम्साल, सारदा सुनार, आशिष कार्की, रुपेश श्रेष्ठ, कृतन महर्जन, बरुण तामाङ, रेश्मा तामाङ र रमेश घलान रहेका छन् ।
टोली नेतामा नेपाल गोजुरियो कराते डो संघका महासचिव बलराम मित्र छन् । जनवरी १७ र १८ तारिखमा हुने प्रतियोगितामा सानुबाबु गिरी र रामकुमार श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । टोलीलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एबं नेपाल कराते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखेले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
विदाइ कार्यक्रममा नेपाल कराते महासंघका रेफ्रि काउन्सील प्रमुख विसन मोते, बरिष्ठ उपाध्यक्ष राम लामा, सचिव छत्र आले, उपाध्यक्ष विसन सिंह खड्का र सदस्य मिंंङमा शेर्पा लगायतको उपश्थिती थियो । मलेसियामा सेप्टेम्बर १७ देखि २२ तारिखसम्म हुने पाँचौं विश्व गोजुरियो कराते प्रतियोगितालाई मध्यनजर गरी टोलीलाई प्रतियोगितामा सहभागी गराउन लागिएको महासचिव मित्रले जानकारी गराए ।

Comment